• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक ४ बजेसम्मका लागि स्थगित

  • खबरदाता

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक ४ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ । विपक्षी दलहरूको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक ४ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आइतबार दिउँसो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि स्थगित गरिएको थियो ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिनएसम्म बैठक चल्न नदिने अडान विपक्षी दलहरूको छ ।

प्रधानमन्त्री ओलीले सोमबारको बैठकमा जवाफ दिने जानकारी सत्तापक्षले गराएको छ । तर, पनि प्रतिपक्षी दलका सांसदहरूले बैठक चल्न दिएका छैनन् ।

 

  • प्रकाशित मिति : चैत १७, २०८१, आइतवार १५:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८