• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तीनकुने र आसपास क्षेत्रको कर्फ्यु बिहान ७ बजे सकिँदै

  • खबरदाता

तीनकुने र आसपास क्षेत्रको कर्फ्यु बिहान ७ बजे सकिँदै

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको कर्फ्यु आदेश अहिले बिहान ७ बजे सकिँदै छ ।

काठमाडौं प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको तीनकुने र त्यस आसपासको क्षेत्रमा शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो ।

राजावदीहरूको प्रदर्शन भएको क्षेत्रमा कर्फ्यु लगाइएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

बिहान ७ बजेदेखि कफ्यु हट्छ अथवा पुनः थपिन्छ, काठमाडौं प्रशासन कार्यालयले प्रष्ट पारेको छैन ।

  • प्रकाशित मिति : चैत १६, २०८१, शनिवार ०६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८