• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राजाबादीद्वारा एकीकृत समाजवादीको कार्यालयमा पनि तोडफोड

  • खबरदाता

राजाबादीद्वारा एकीकृत समाजवादीको कार्यालयमा पनि तोडफोड

राजावादीहरूको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ । तीनकुनेस्थित एक घरमा आगो लगाएका राजावादीहरूले शुक्रबार दुईवटा सञ्चारगृहमा पनि ढुंगामुढा गरेका छन् ।

कान्तिपुर र अन्नपूर्ण पोस्ट्को कार्यालयमा आक्रमणमा गरेका उनीहरूले बागमती तरेर एकीकृत समाजवादीको कार्यालयमा पनि धावा बोलेका छन् ।

राजावादीका नाममा अराजकहरूको एउटा समूहले एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा ढुंगामुढा गरेका हुन्।

ढुंगामुढा बर्साउँदा समाजवादीको कार्यालयका शिशा सबैजसो फुटेका छन् । अराजक समूहले समाजवादीको कार्यालयका कागजपत्र बाहिर निकालेर जलाइरहेका छन् । उनीहरूले कार्यालयमै आगो लगाउन खोज्दा सुरक्षाकर्मीको उपस्थिति छैन ।

  • प्रकाशित मिति : चैत १५, २०८१, शुक्रवार १६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८