• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राप्रपाको बैठक जारी, के छन् छलफलको एजेन्डा ?

  • खबरदाता

राप्रपाको बैठक जारी, के छन् छलफलको एजेन्डा ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक जारी छ । पार्टी कार्यालय धुम्वाराहीमा बैठक बसिरहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको सचिवालयले जनाएको छ ।

बैठकमा निवर्तमान अध्यक्ष पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी पनि उपस्थित छन् ।

आजको पदाधिकारीको बैठकमा राजावादी आन्दोलनको गतिविधि र विकसित राजनीतिक घटनाक्रम लगायतको विषयमा छलफल हुने एजेन्डा छ । यस्तै, राप्रपाले आजको बैठकमा आगामी आन्दोलनको समेत तयारी गर्ने अध्यक्ष लिङ्देनको सचिवालयले खबरहबलाई बताएको छ ।

फागुन २५ गतेदेखि राप्रपा पनि राजा फर्काउने आन्दोलनमा सक्रिय छ । तर राप्रपामा पनि सदन छोडेर आन्दोलन गर्ने समूह र सदनसँगै आन्दोलन गर्ने भन्ने दुई समूह हुँदा विवाद छ ।

राप्रपाबाट प्रतिनिधि सभामा १४ सांसद छन् । भने प्रदेश खारेजको पक्षमा रहेको यस पार्टीबाट विभिन्न प्रदेशमा समेत सांसदहरु छन् ।

  • प्रकाशित मिति : चैत ११, २०८१, सोमवार १५:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८