• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

बिरालो मार्ने व्यक्तिविरूद्ध पक्राउ पुर्जी जारी

  • एजेन्सि

बिरालो मार्ने व्यक्तिविरूद्ध पक्राउ पुर्जी जारी

ढाका । बङ्गलादेशको राजधानी ढाकाको एक अदालतले बिरालोको मृत्युको विषयमा दायर गरिएको मुद्दामा एक व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

फेब्रुअरी १ मा बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी गरेका अकबर हुसेन शिब्लुविरुद्ध लगाईएका आरोपहरूको सुनुवाइ गर्दै ढाका महानगरीय मजिस्ट्रेट जीएम फरहान इश्तियाकले पक्राउको आदेश दिएका हुन् ।

फेब्रुअरी ५ मा बङ्गलादेशको पिपुल फर एनिमल वेलफेयर फाउन्डेसनको तर्फबाट नफिसा नौरिन चौधरीले मुद्दा दायर गरेकी थिईन्ग । मुद्दाको बयानमा नफिसाले बिरालो फेब्रुअरी १ मा हराएको र सीसीटीभी फुटेजमा शिब्लुले बिरालोलाई लात हानेर मारेको देखिएपछि पक्राउ पूर्जी जारी गरिएको हो ।

  • प्रकाशित मिति : चैत ११, २०८१, सोमवार १५:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८