• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुबोको माला लगाएर पोखराबाट हिँडे पूर्वराजा शाह

  • खबरदाता

दुबोको माला लगाएर पोखराबाट हिँडे पूर्वराजा शाह

करिब एक महिना लामो बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार काठमाडौंतर्फ हिँडेका छन् ।

गत माघ २७ गते पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड जहाजबाट दिउँसो ३ बजेर २० मिनेटमा काठमाडौं फर्किएका हुन् । परिवारसहित उनी समिट एयरको चार्टर्ड विमानमार्फत् काठमाडौं प्रस्थान गरेका हुन् ।

पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपा नेता अरुण गिरीका अनुसार पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको छ ।

उनलाई काठमाडौंमा पञ्जेबाजासहित विशेष रूपमा स्वागत गरिने तयारी छ। अहिले उनको स्वागतका लागि सयौँ राजावादीहरू विमानस्थल क्षेत्रमा छन् ।

  • प्रकाशित मिति : फागुन २५, २०८१, आइतवार १६:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८