• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सन्तोषी मृत्यु प्रकरण– सशस्त्रै इन्स्पेक्टर पक्राउ

  • खबरदाता

सन्तोषी मृत्यु प्रकरण– सशस्त्रै इन्स्पेक्टर पक्राउ

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन गरिएको भोलिपल्टै अनुसन्धानका लागि अर्का एक इन्स्पेक्टर पक्राउ परेका छन् ।

पोखराका एसपी श्यामबाबु ओलियाका अनुसार तनहुँस्थित सशस्त्रको २३ नम्बर गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाइ पक्राउ गरिएको छ । पक्राउ परेका जोशीलाइ कास्की ल्याइएको उनले जानकारी दिए । महत कास्कीमै मृत अवस्थामा फेला परेकी थिइन् ।

कास्की प्रहरी स्रोतका अनुसार, महतले सशस्त्र प्रहरी बलकै एक इन्स्पेक्टरसितको प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको थियो । ती इन्स्पेक्टरविरुद्ध महतका आफन्तले कास्की प्रहरीमा आत्महत्या दुरुत्साहनको जाहेरी समेत दिएका छन् । उजुरी पछि जोशी पक्राउ परेका हुन् ।

इन्स्पेक्टर महत चार महिनायता सशस्त्र प्रहरीको पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा तालिमरत थिइन् । उनी शनिबार ९फागुन १०० राति शिक्षालयकै शौचालयभित्र मृत भेटिएकी थिइन् । महतले ०७२ असोजदेखि सशस्त्र प्रहरी बलको जवानबाट सेवा सुरु गरेकी थिएन् । उनले ०७८ मा सशस्त्र सहायक निरीक्षक पदको खुलातर्फ नाम निकालेकी थिइन् । ०८१ मा उनले निरीक्षकमा नाम निकालेकी थिइन् ।

चार महिनायता निरीक्षकको तालिममा सहभागी महतले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आत्महत्याको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन १३, २०८१, मंगलवार ०९:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८