• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अमेरिकामा फेरि विमान दुर्घटना, ६ जनाको मृत्यु

  • एजेन्सि

अमेरिकामा फेरि विमान दुर्घटना, ६ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। समाचार संस्था रोयटर्सका अनुसार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको हो ।

शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रुजवेल्ट मलनजिकै एक प्राइभेट विमान दुर्घटना भएको जनाइएको छ।

अमेरिकाको उड्डयन विभागका अनुसार फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड (ब्रान्सन विमानस्थल) जाँदै गरेको विमानमा ६ जना सवार थिए । विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एकजना थिए।

विमान तीव्र गतिमा खसेर घना बस्ती भएको सहरमा बजारिएको थियो । तत्कालै जहाजमा आगो लागेर विस्फोट भएको थियो । विमानमा सवार सबैजनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

  • प्रकाशित मिति : माघ १९, २०८१, शनिवार १२:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८