• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रवि लामिछानेलाई श्रीमती निकिता र कानुन व्यवसायीको जिम्मा लगाइयो

  • खबरदाता

रवि लामिछानेलाई श्रीमती निकिता र कानुन व्यवसायीको जिम्मा लगाइयो

रूपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएको छ ।

सुप्रिम सहकारी ठगीमा मुद्दा लागेका रविलाई जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार बयान लिइएको थियो । बयान सकिएपछि उनलाई थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता र कानुन व्यवसायीको जिम्मामा पठाउने आदेश भएको हो ।

जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीका अनुसार लामिछानेलाई भोलि (बिहीबार) बिहान १० बजे अदालत उपस्थित हुनेगरी श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश भएको छ ।

सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड लिएको भौचर भेटिएको भन्दै उनीविरुद्ध सहकारी ठगी मुद्दा लागेको छ । यसअघि कास्कीको सूर्यदर्शन ठगी मुद्दामा लामिछानेलाई ६५ लाख र काठमाडौंका सूर्यदर्शन ठगी मुद्दामा ६० लाख धरौटीमा रिहा हुने आदेश भएको थियो ।

 

  • प्रकाशित मिति : माघ ९, २०८१, बुधवार १८:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८