• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रविको बयान न्यायाधीश योगीको इजलासमा

  • खबरदाता

रविको बयान न्यायाधीश योगीको इजलासमा

दाङ-राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रबि लामिछानेको बयान जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ ।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि बुधवार अदालतमा उपस्थित भएका हुन् ।

इजलास अधिकृतले मुद्दामा बयानका लागि मिसिल अध्ययन गरिररहेकोले लामिछानेको बयान केही समयमा सुरु हुने बताइएको छ ।

अदालतको वेभसाईटमा उल्लेख भए अनुसार नारायण बहादुर पहराई समेतको जाहेरी नेपाल सरकार वादी रहेको सहकारी ठगी र संगठित अपराध मुद्दामा रविना रिमालसमेत २२ जना प्रतिवादी छन् ।

  • प्रकाशित मिति : माघ ९, २०८१, बुधवार १२:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८