• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु

  • खबरदाता

जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु

सुनसरी– जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ का ७१ वर्षीय हरि प्रसाद घिमिरेको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

छावा (बच्चा)सहित आएको जङ्गली हात्तीले गएराती घिमिरेलाई आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार जङ्गली हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको हो ।

घिमिरेको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

विगत एक महिनादेखि मोरङको उत्तरी भेगको जङ्गल र बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाउँदै आएको छ ।

  • प्रकाशित मिति : माघ ५, २०८१, शनिवार १०:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८