• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

विपक्षी दलहरूको बैठक बस्दै, आजै पत्रकार सम्मेलन गर्ने

  • खबरदाता

विपक्षी दलहरूको बैठक बस्दै, आजै पत्रकार सम्मेलन गर्ने

विपक्षी दलहरूको बैठक आह्वान गरिएको छ । बैठक प्रमुख प्रतिपक्षी दलको कार्यालय नयाँ बानेश्वरमा आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।

सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू थप असन्तुष्ट भएका छन् । सरकारले संसद् छलेर अध्यादेश ल्याएकोप्रति उनीहरूको आक्रोश छ । उनीहरूले लामो समयदेखि संसद् अधिवेशन आह्वा गर्न माग गर्दै आएका छन् ।

नेकपा (माओवादी केन्द्), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी)सहितका दलहरू विपक्षीमा छन् ।

  • प्रकाशित मिति : माघ ४, २०८१, शुक्रवार ०८:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८