• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेसका मन्त्रीको सहितको बैठक देउवानिवास बूढानीलकण्ठमा बस्दै

  • खबरदाता

कांग्रेसका मन्त्रीको सहितको बैठक देउवानिवास बूढानीलकण्ठमा बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई छलफलका निम्ति बोलाएका छन् । देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई आज बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा बैठक राखेका छन् ।

“सभापतिज्यूले कांग्रेसका सबै मन्त्रीलाई छलफलका लागि बोलाउनुभएको छ । मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न बोलाउनुभएको हो,” सभापति देउवाका स्वीकयसचिव भानु देउवाले भने ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन् । मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएका हुन् ।

  • प्रकाशित मिति : माघ ३, २०८१, बिहीवार ०६:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८