• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सौराहामा हात्तीलाई वनभोज

  • खबरदाता

सौराहामा हात्तीलाई वनभोज

काठमाडौं । चितवनको सौराहामा जारी १८औँ हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ । सधैँ जगल सफारीमा व्यस्त रहने हात्तीहरूलाई शनिबार वनभोज खुवाइएको हो ।

वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरबुजा, फर्सीलगायत विभिन्न परिकार दिइएको महोत्सवका संयोजक रामकुमार अर्यालले बताए । हात्तीलाई मनोरञ्जन गराउन वनभोजको आयोजना गरिएको उनले जानकारी दिए ।

वनभोजमा ३५ निजी हात्तीलाई सहभागी गराइएको थियो । हात्तीले वनभोज खाएको हेर्न दर्शकको घुइँचो लागेको थियो ।

हात्तीको वनभोज महोत्सवको मुख्य आकर्षणका रूपमा छ । क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा चितवनमा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिएको हो ।

  • प्रकाशित मिति : पुस १३, २०८१, शनिवार १९:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८