• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

एनपीएल : शुक्रबारको दोस्रो खेलमा विराटनगर र चितवन भिड्दै

  • खबरदाता

एनपीएल : शुक्रबारको दोस्रो खेलमा विराटनगर र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दिउँसोको खेलमा चितवन राइनोज र विराटनगर किंग्स भिड्दैछन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरसँग प्रतिस्पर्धा गर्न लागेको हो।

प्लेअफ दौड कठिन बनेको विराटनगर र प्लेअफ दौडमा रहेको चितवनबीचको खेललाई रोचक ढंगले हेरिएको छ। एनपील तालिकामा चितवन ६ अंकसहित तेस्रो स्थानमा छ। समान अंक भएको कर्णाली रनरेटका आधारमा चौथो स्थानमा छ। विराटनगर भने दुई अंकसहित तालिकाको पुछारमा छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ।

एनपीएल अन्तर्गत शुक्रबार बिहानको पहिलो खेलमा भने प्लेअफ दौडबाट एक खेल अगाडि नै बाहिरिएको लुम्बिनी र प्लेअफ दौडको बलियो सम्भावना भएको कर्णालीबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ।

  • प्रकाशित मिति : मंसिर २८, २०८१, शुक्रवार ०६:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८