• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रविमाथि राज्यले गरेको ब्यबहार प्रतिशोधपूर्ण : भट्टराई

  • खबरदाता

रविमाथि राज्यले गरेको ब्यबहार प्रतिशोधपूर्ण : भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कास्की पुगेर भट्टराईले भेट गरेका हुन् ।

भेटपछि उनले लामिछानेमाथि राज्यले गरेको ब्यबहार प्रतिशोधपूर्ण रहेकोउल्लेख गरे । उनले भने ‘जुन किसिमले उहाँलाई एकपछि अर्को दुख दिने काम भएको छ, यो अल्लि अस्वाभाविक र अन्यायपूर्ण देखिन्छ । त्यसैले उहाँको अवस्थाबारे जानकारी लिऊँ भनेर भेटेको हो । उहाँले पनि आफूमाथि राजनीतिक प्रतिशोध नै भएको बताउनुभयो । घटनाक्रमले पनि त्यस्तै देखाउँछ । ‘

सहकारीसँग सम्बन्धित समस्याको जारो धेरै फैलिएको पनि उनले बताए । सत्तारुढ दलकै नेताको वरिपरि सहकारीको रकम धेरै अपचलन भएको भन्दै उनले बचतकर्ताको समस्या समाधान पनि नगर्ने र नयाँ शक्तिहरूलाई पनि तर्साउने काम भएको उल्लेख गरे ।

भेटमा रविले सहकारी अपचलनसम्बन्धी अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएको डा भट्टराई ले जानकारी दिए ।

  • प्रकाशित मिति : मंसिर २१, २०८१, शुक्रवार १२:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८