काठमाडौं- काठमाडौं जिल्लाका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ ।
कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न भइसकेको छ ।
बेलुका ५ बजे मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी मतगणनास्थलमा लगिसकिएको छ।
अब सर्वदलीय बैठकमा सहमति जुटाएर आजै बेलुकाबाट मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । केहीबेरमा सबन्धित क्षेत्रको सर्वदलीय बैठक बस्दैछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८