• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

लामिछाने काठमाडौंमा, विमानस्थलमा समर्थकको नाराबाजी

  • खबरदाता

लामिछाने काठमाडौंमा, विमानस्थलमा समर्थकको नाराबाजी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन रविलाई बिहीबार साँझ विमानमार्फत काठमाडौं ल्याइएको हो ।

उनलाई काठमाडौं ल्याउन लागिएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

कडा सुरक्षा व्यवस्थाका बीच रविका समर्थकहरूले विमानस्थलबाहिर नाराबाजी गरे । उनीहरूले ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ,’ ‘राजनीतिक प्रतिशोध बन्द गर’लगायत नारा लगाएका थिए ।

गएको कात्तिक २ गते रविलाई काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल पनि लगिएको थियो ।

  • प्रकाशित मिति : मंसिर १३, २०८१, बिहीवार १९:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८