• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बिपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द

  • खबरदाता

बिपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द

काभ्रे- बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ ।

गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडक खण्ड स्तरोन्नति गर्न रातिको समयमा सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार ५ मंसिरदेखि अर्को सूचना जारी नहुन्जेलसम्म राति ९ बजेदेखि बिहान ४ बजेसम्म सो सडक खण्ड बन्द रहने छ ।

भक्तपुरभित्र पर्ने बीपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड (चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोला सम्म) डाइभर्सनको काम भइरहेकोले रातिको समयमा सडक बन्द रहने सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा उल्लेख छ ।

  • प्रकाशित मिति : मंसिर ६, २०८१, बिहीवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८