• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सहकारीपीडित र प्रहरीबीच माइतीघरमा झडप

  • खबरदाता

सहकारीपीडित र प्रहरीबीच माइतीघरमा झडप

सहकारीपीडित र प्रहरीबीच झडप भएको छ । ललितपुरबाट काठमाडौंको माइतीघर मण्डला पुगेका सहकारीपीडितहरूबीच बुधबार दिउँसो झडप भएको हो । झडपमा परेर केही प्रर्दशनकारी घाइते भएका छन् ।

प्रर्दशनमा उत्रिएका सहकारीपीडितले निशेधाज्ञा तोड्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । झपडलाई सामान्य बनाउने प्रयास भइरहेको जनाइएको छ ।

सहकारीमा बचत गरेको आफ्नो रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारीपीडितहरूले बुधबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ताको रकम लुटिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले आफुहरूसँग यसअघि गरेको सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

सहकारीपीडितहरूको निर्णायक आन्दोलन भन्दै आयोजना गरेको प्रदर्शनका सहभागीहरूले पीडितहरुको बचत फिर्ता सुनिश्चित गर, सहकारीको हालको ऐन खारेज गर, सहकारी समस्या छिटो समाधान गर लगायतका प्लेकाड प्रदर्शन गरेका थिए ।

माइतीघरमा प्रदर्शन गरेपछि सहकारीपीडितहरू नयाँबानेश्वरतर्फ अघि बढेका थिए । सो क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

  • प्रकाशित मिति : मंसिर ५, २०८१, बुधवार १६:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८