राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिका प्रमुखमा उमेदवारी नदिने भएको छ ।
रास्वपा काठमाडौं संयोजक प्रदीप विष्टले नगरपालिका प्रमुखमा उमेदवारी नदिने बताए । त्यहाँ कसलाई भोट दिने भन्ने छलफल भइरहेको उनले जानकारी दिए ।
काठमाडौं महागरपालिका–१६ को अध्यक्षमा भने रोजिना श्रेष्ठलाई उमेदवार बनाउने भएको छ ।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार (आज) उमेदवारी दर्ताको कार्यक्रम भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८