• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको बाइपासरोडमा बस र अटो ठोक्किदा ३ जना घाइते

  • खबरदाता

भरतपुरको बाइपासरोडमा बस र अटो ठोक्किदा ३ जना घाइते

चितवनको भरतपुरमा बस र अटो एक आपसमा ठक्कर खादा ३ जना घाइते भएका छन।

चितवन प्रहरीले जनाए अनुसार आज ( बिहिवार) बिहान साढे ३ बजेको समयमा भरतपुर – १० स्थिति बिशालचोकमा काकडभित्ताबाट काठमाण्डौ तर्फ गईरहेको बा.प्र.००१-००६ ख ६१२१ नं.को बस र बसेनि चोकबाट बिरेन्द्र क्याम्पसचोक तर्फ आउदै गरेको ना १ ह ५५२५ नं.को अटो एक-आपसमा ठक्कर खादा अटोमा सवार ३ जना घाइते भएका हुन।

घाइते हुनेहरुमा अटो चालक नामथर वतन नखुलेको अन्दाजी २५- २६ बर्षको पुरुष ,अटोमा सवार चितवनको कालिका -९ सक्तिखोर बस्ने बर्ष १९ कि मनिषा गुरुङ र सोही स्थान बस्ने बस्ने बर्ष २० कि स्मारीका श्रेष्ठ रहेका छन।

घाईतेहरुको नया मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घाइते अटो चालकको अवस्था गम्भीर रहेको र अन्यको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

बस र बस चालक जि।चितवन भरतपुर म।न।पा।२५ बस्ने बर्ष ५३ को सुकाई महतो नियन्त्रणमा छन।

  • प्रकाशित मिति : कात्तिक २९, २०८१, बिहीवार ०७:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८