• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै

  • खबरदाता

मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै

आश्विन शुक्लपक्ष पापांकुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि सुरु टीका र जमरा लगाउने क्रम आइतबार पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढाटाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।

यस दिन एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापांकुशेति विख्याता सर्वपापहरा परा’ यो एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख छ । रासस

  • प्रकाशित मिति : असोज २७, २०८१, आइतवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८