आज २०८१ साल असोज १७ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर ३ तारिख। असोज शुक्ल पक्षको प्रतिपदा तिथि। नवरात्र आरम्भ, घटस्थापना। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :
मेष – दक्षिण पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ। परिवारले सकारात्मक साथ दिनाले मन शान्त बन्नेछ।
वृष – अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। प्रतिस्पर्धी साथी तपाईंका विरुद्धमा सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारले साथ दिनेछन्।
मिथुन – आफ्नै बोलीका कारण आफन्त टाढा हुनेछन्। पेटसम्बन्धी समस्या बढ्ने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। ठुला उद्योगको सुरुवात नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारले साथ दिनेछ।
कर्कट – लगानीका क्षेत्रमा बन्धुको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। छिमेकमा भएका शुभकार्यमा आकर्षण बढ्नेछ। विदेशी लगानीमा तपाईंको सुझाव रहनेछ। शुभ ग्रहको साथ रहेकाले दिन सहज बन्नेछ।
सिंह – तपाईंले गरेको लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। बन्धुले संकटमा साथ दिनेछन्। परिवारको साथ मिल्नेछ। दिन शान्तसँग बित्नेछ।
कन्या – तपाईंको प्रभाव साथीभाइमा बढ्नेछ। आफ्नै राशिमा चन्द्रमा रहेकाले सबैले तपाईंको प्रशंसा गर्नेछन्। भाग्यको उदय हुनका लागि आफूभन्दा सानो उमेरको साथीसँग सहकार्य गर्नु राम्रो हुनेछ।
तुला – तपाईको प्रतिभाको सम्मान हुनेछ। गला र कलाको प्रशंसा हुने दिन छ। परिवारमा भने संकट आइपर्न सक्छ। बन्धुको तर्फबाट अप्ठेरो अवस्थामा राम्रो साथ मिल्नेछ। महत्त्वकांक्षी इच्छा पूरा हुन नसक्दा मन अशान्त हुनेछ।
वृश्चिक – आम्दानीका हिसाबले दिन राम्रो छ। लगानीका क्षेत्रमध्ये स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा कालो धनको उपयोग गरेको आरोप लाग्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।
धनु – दिन सहज छ। साथीभाइले सोचेको भन्दा बढी सहयोग गर्नेछन्। कार्यस्थानमा शुभ ग्रह भएकाले साथी र संगठनको बलमा ठुलो काम बन्नेछ। परिवारको तर्फबाट भने धोका हुने जोखिम छ।
मकर – शुभग्रहको बुहमत भएकाले सोचेको काम बन्नेछ। सचेत नभएमा चोरी हुने जोखिम छ। धार्मिक क्षेत्रमा तपाईंको मन जानेछ। अप्ठेरो समयमा परिवारको साथ मिल्नेछ।
कुम्भ – सोचेका काममा बाधा र अड्चन आइपर्ने जोखिम छ। गन्तव्यमा जान नपाउँदा छटपटी बढ्नसक्छ। दक्षिण(पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा सक्रिय भएमा माया पाइनेछ।
मीन – तपाईंले सोचेका काममा बाधा नहुने दिन छ। भगिनी संघ र संस्थाबाट मान र सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले हात नलगाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा गुण र दोषको आधारमा परिवारले साथ दिनेछन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८