• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

खतरामा कोशी ब्यारेज, पुलमाथिबाट बग्न थाल्यो बाढी

  • खबरदाता

खतरामा कोशी ब्यारेज, पुलमाथिबाट बग्न थाल्यो बाढी

धरान- पानीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी जोड्ने कोशी व्यारेजस्थित सप्तकोशी नदीको पुलमाथिबाट बाढी बगिरहेको छ ।

शनिबार साँझ ७ बजेको मापनमा पानीको बहाव प्रतिसेकेण्ड ५ लाख ७८ हजार ३९० क्युसेक पुगेको छ ।

ब्यारेजका सबै ५६ वटै ढोका खुल्ला गरिएका छन् भने आवतजावत बन्द गरिएको छ । बाढी उच्च भएपछि भारतले बिहारतर्फ बिहानैदेखि उच्च सतर्क अवस्थामा राखेको थियो ।

भारतको निगरानीमा रहने कोशी ब्यारेजको पुलमा अहिले सवारी साधन चलाउन रोकिएको छ ।

कोशीका सहायक नदीहरू सुनकोशी, दूधकोशी, अरुण, तमोस, भोटेकोशी, तामाकोशी र रोशीसहितमा शनिबार बिहानदेखि ठूलो बाढी आएको छ ।

सुनकोशी र दूधकोशीले एक एकवटा पक्की पुल बगाएका छन् । कयौँ गाउँ बस्ती पनि कोशीका सहायक नदीहरूले बगाएर लगेका छन् ।

  • प्रकाशित मिति : असोज १२, २०८१, शनिवार २०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८