काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को हेटौंडास्थित एकेडेमीबाट बेपत्ता भएका ६ मध्ये ३ प्रशिक्षार्थीको शव भेटिएको छ ।
इन्द्रसरोवर गाउँपालिका(३ स्थित वत्सलादेवी माध्यामिक विद्यालयमा अध्ययन र प्रशिक्षणरत ६ जनालाई शनिबार बिहान आएको बाढीले बगाएर बेपत्ता पारेको थियो ।
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएपछि बाँधको ढोका खोज्दा सिस्नेरी खोलामा जलसतह बढेको थियो । खोलाको सतह बढेपछि सुरक्षित स्थानमा जाने क्रममा उनीहरू पहिरोमा पुरिएको हुनसक्ने आशंका गरिएको थियो ।
सो विद्यालयमा एन्फाले ४० प्रशिक्षार्थी विद्यार्थी राखेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८