• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गरिने

  • खबरदाता

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ ।

गत साउन २३ देखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा भदौ ७ देखि स्थगित भएको थियो ।

आजको बैठकमा दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गरिने नेताहरूले जनाएका छन्।

यसअघि शनिबार बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष सकिएको थियो । वर्तमान पदाधिकारीसँगै पूर्वपदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन सकेको थिएन ।

केही दिनयता जारी केन्द्रीय समितिको बैठकमा विभिन्न प्रतिवेदनलगायत ११ एजेण्डाहरूमाथि छलफल भइरहेको छ । केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने बताइएको छ ।

 

  • प्रकाशित मिति : भदौ १६, २०८१, आइतवार ०८:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८