• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुनकोसी दुर्घट्ना : बेपत्ता हाइलक्स गाडी बत्ती बालेर खोजी गरिदै

  • खबरदाता

सुनकोसी दुर्घट्ना : बेपत्ता हाइलक्स गाडी बत्ती बालेर खोजी गरिदै

सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडीको खोजी कार्य जारी छ । खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।

पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका छन् । गाडीमा सवार चार जनामध्ये एकले हाम फालेर ज्यान बचाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेकाअनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् । जीप अबिन बाकेले चलाएका थिए ।

अर्का सोही ठाउँ बस्ने घाईते २७ वर्षीय सुशान्त कक्षपतीको स्थानीय शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । खोजी कार्यका लागि घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।

 

  • प्रकाशित मिति : भदौ ८, २०८१, शनिवार २०:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८