चितवनमा खोलाले बगाउँदा ६ वर्षिय बालकको मृत्यु भएको छ।
चितवन प्रहरीले जनाए अनुसार मंगलबा दिउँसो १:३० बजेको समयमा कालिका -७ स्याउली बजार स्थित बुङखोलाले बगाउँदा सोही स्थान बस्ने उत्तम अर्यालको छोरा हरि राम अर्यालको मृत्यु भएको हो।
हात खुट्टा धोइहेको अबस्थामा रामहरिलाई खोलाले बगाई बेपत्ता बनाएको थियो।
खोलाले बगाएको स्थानबाट ४ किलोमीटर दक्षिण कालिका ६ को मिलिजुली चोकको कुलोमा दिउँसो ३:३० बजे बालकको शब फेला परेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८