• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

आज २०८१ साल साउन २७ गते आइतबारको राशिफल

  • खबरदाता

आज २०८१ साल साउन २७ गते आइतबारको राशिफल

 आज २०८१ साल साउन २७ गते आइतबार तदनुसार सन् २०२४ अगष्ट ११ तारिख। साउन शुल्क पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत र गोस्वामी तुलसीदास जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष – तपाईंलाई प्रयोग गरेर अरुले फाइदा लिनेछन्। साथीसँग मिलेर गरेको कामबाट राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा नाम र दाम मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष – तपाईंको बोलीको प्रभावले ठुलाठुला काम बन्नेछन्। शिक्षाको लगानीबाट आम्दानीका स्रोत बढ्नेछ। अप्रिय खबरले मन दुःखी हुने दिन छ। संकटमा आफन्तको साथ निरन्तर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन – बौद्धिक क्षेत्रका अभियान्तासँग भेट हुनेछ। यो भेटले मन शान्त हुनेछ। कार्यशैलीमा परिवर्तन गर्नुपर्ने देखिन्छ। आफ्नै बोलीको कारण विवाद हुनसक्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट – आम्दानीका स्रोत बढ्नेछन्। स्वदेशमा लगानीका विकल्प देखिने छन्। कृषि क्षेत्रबाट राम्रो अवसर प्राप्त हुनेछ। सम्पत्तिको दौडले स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारमा तनाव बढ्ने जोखिम छ।

सिंह – यात्राको अवसर मिल्नेछ। यात्रामा नयाँ अनुभव प्राप्त हुनेछ।
स्वास्थ्यमा विशेष ध्यान दिने साथीसँग भेट हुनेछ। स्वास्थ्य पनि धन हो भन्ने बुझाइले मन शान्त हुनेछ। परिवारमा सामूहिक योजना बन्ने देखिन्छन्। सामाजमा प्रशंसनीय कामको थालनी हुनेछ।

कन्या – धनस्थानमा चन्द्रमा छन्। पुरानो लगानीको कार्यान्वयन हुने दिन छ। बोली र वचनमा तपाईंको प्रगति हुनेछ। यसबाट मन प्रशन्न हुनेछ। राजनीतिक सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला – आफ्नो कुरा मात्र सत्य भनेर अरुको कुरा नसुन्दा घाटा हुनेछ। साथीमा निरासा छाएको देखिने छ। लगानी र परिवारबाट सन्तुष्टि मिल्नेछ योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक – पुरानो समस्या समाधान हुनेछ। राम्रा ग्रहको बहुमत भएकाले तपाईंको कामको प्रशंसा हुनेछ। शिक्षा, स्वास्थ्य र राजनीतिमा सफलता मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

धनु – दिन राम्रो छ। धेरै उत्साहित भएमा शरीरमा क्षति हुनसक्छ। अवसर धेरै छन्। तपाईंको नाम ठुला ठाउँमा सिफारिस हुनेछ। धेरैले भेट्न खोज्नेछन्। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर – सञ्चित धन खर्च हुने दिन छ। आफन्तबाट धोका हुनेछ। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। प्रतिवाद गर्न सके तपाईंका पक्षमा न्याय हुनेछ। परिवारले संकटमा साथ दिनेछन्। दान गरेर दिनको सुरुवात गरेमा दिन सफल बन्नेछ।

कुम्भ – धनको चोरी हुने जोखिम छ। मन दुःखी हुनेछ। जुनसुकै योजना बनाए पनि बाधा हुनेछ। धार्मिक र वैचारिक क्षेत्रमा प्रगति हुनेछ। राम्रा मानिसको संगतले दिन सहज बन्नेछ।

मीन – तपाईंको कामको जस अरुले लिन सक्छन्। आफ्नो काममा दक्षता प्राप्त हुनेछ। राजनीतिमा मन जानेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • प्रकाशित मिति : साउन २७, २०८१, आइतवार ०५:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८