• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राप्रपा संसदीय दलको बैठक बस्दै

  • खबरदाता

राप्रपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक मध्याह्‍न पौने १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएपछि ओलीलाई मत दिने वा नदिने भन्ने आधिकारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।

राप्रपाको हिजो बसेको निर्देशक समितिको बैठकले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोही निर्णयलाई आज दलको बैठक औपचारिकता दिने प्रमुख सचेतक शाहीले जानकारी दिए ।

  • प्रकाशित मिति : साउन ६, २०८१, आइतवार ०७:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८