• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सिमलताल बस दुर्घटना : थप चार शव फेला

  • खबरदाता

सिमलताल बस दुर्घटना : थप चार शव फेला

सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये थप चार जनाको शव भेटिएको छ । तर, उनीहरूको पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

प्रशासनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो ।

यसअघि पाँचजना मृत अवस्थामा भेटिएका थिए । उनीहरूमध्ये गणपति बसका चारजना र एन्जल बसका एकजना यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

जसमध्ये चितवनको माडीका २२ वर्षीय विकास रौनियार र भारतको बेतियाका ३० वर्षीय सजाद अन्सारी एन्जल बसमा सवार थिए । भारतकै २८ वर्षीय ऋषिपाल शाह, सर्लाहीको बरथहवाका १९ वर्षीय रमितकुशर माझी र भारतको चम्पारणका ३० वर्षीय जयप्रकाश ठाकुर गणपति बसमा सहवार थिए ।

आफन्तहरूको सहयोगमा उनीहरूको पहिचान गरिएको हो ।

  • प्रकाशित मिति : असार ३०, २०८१, आइतवार २१:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८