• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले उपाध्यक्ष बादल पुत्र प्रतीक बौद्धबाट पक्राउ

  • खबरदाता

एमाले उपाध्यक्ष बादल पुत्र प्रतीक बौद्धबाट पक्राउ

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी लामो समयदेखि फरार थिए । पूर्वगृहमन्त्रीसमेत रहेका बादलका पुत्र प्रतीक नक्कली शरणार्थी प्रकरणमा फरार सूचीमा थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए ।

प्रहरीले यसअघि बादल गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। उनी उक्त प्रकरणमा हाल थुनामा रहेका छन् ।

राईले नै अनुसन्धानका क्रममा प्रतीकको नाम लिएका थिए। तर त्यसबेला प्रतीकले विज्ञप्ति निकालेर आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा प्रतीकको पनि संलग्नता देखिए थियो । तर त्यसपछि उनी निरन्तर फरार थिए ।

  • प्रकाशित मिति : असार १४, २०८१, शुक्रवार २०:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८