• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

पहिरो खस्दा मध्यपहाडी लोकमार्गमा ट्रक पुरियो

  • खबरदाता

पहिरो खस्दा मध्यपहाडी लोकमार्गमा ट्रक पुरियो

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीमा पहिरो खस्दा ट्रक पुरिएको छ ।

जिल्लाको  गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।

 

प्रहरीका अनुसार ट्रक चालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् ।

लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : असार ५, २०८१, बुधवार ०९:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८