काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालका कुशल भुर्तेलले दोस्रो सफलता दिलाएका छन् ।
शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि भुर्तेलले ११.२ ओभरमा दक्षिण अफ्रिकाका कप्तान आइदेन मार्करमलाई बोल्ड गरे । मार्करमले १५ रन बनाए ।
त्यसअघि नेपालका दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका क्विन्टन डी ककलाई पभेलियन फर्काएका थिए ।
जारी खेलको १२ ओभर समाप्त हुँदा दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर ६९ रन बनाएको छ ।
सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८