• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राजमार्गको बजेट घट्यो, कुन राजमार्गमा कति ?

  • खबरदाता

राजमार्गको बजेट घट्यो, कुन राजमार्गमा कति ?

सरकारले आगामी आर्थिक वर्षमा राजमार्ग निर्माणको कामलाई तीव्रता दिने बताएको छ। तर तुलनात्मक रूपमा बजेट भने न्युन विनियोजन गरिएको छ।

सरकारले पूर्व(पश्चिम राजर्माग विस्तारको लागि २९ अर्ब ८८ करोड विनियोजन गरेको छ।

काठमाडौं-तराईं-मधेश द्रुतमार्गको लागि २२ अर्ब ५४ करोड विनियोजन गरिएको छ। यो आयोजनाको लागि महादेवटार, धेन्द्र र लेनडाँडा सुरूङ निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने उल्लेख गरिएको छ भने ५७ पुलको निर्माण कार्यलाई तीव्रता दिने उल्लेख गरिएको छ।

मध्यपहाडी लोक मार्गको लागि तीन अर्ब ६८ करोड विनियोजन गरिएको छ। यसअन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण कार्य सम्पन्न गरिने उल्लेख गरिएको छ।

कोशी, कालीगण्डकी र कर्णाली कोरिडोरको लागि भने चार अर्ब ४३ करोड विनियोजन गरिएको छ।

  • प्रकाशित मिति : जेठ १५, २०८१, मंगलवार १७:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८