[ फाेटाे : Royal Challengers Bangalore celebrating the wicket of Mitchell Santner of Chennai Superkings during match 68 of the Indian Premier League season 17 (IPL 2024) between Royal Challengers Bangalore and Chennai Super Kings held at the M.Chinnaswamy Stadium, Bengaluru on the 18th May 2024. Photo by Saikat Das / Sportzpics for IPL ]
काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।
एम चिन्नास्वामी स्टेडियममा शनिबार राति सम्पन्न खेलमा आरसिबीले चेन्नईलाई २७ रनले पराजित गरेको हो ।
आरसिबीले दिएको २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो ।
उसका लागि रचिन रबिन्द्रले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । ३७ बलको सामना गरेका रबिन्द्रले पाँच चौका र तीन छक्काको मदतमा ६१ रन बनाए । त्यस्तै रविन्द्र जडेजाले ४२, अजेन्का रहानेले ३३, महेन्द्र सिंह धोनीले २५ रन बनाए ।
आरसिबीका यश दयाल दुई तथा ग्लेन म्याक्स्वेल, मोहमद सिराज, लोकी फर्ग्युसन, क्यमरुन ग्रिनले एक एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको हो ।
उसका लागि कप्तान फाफ डु प्लेसिस अर्धशतक प्रहार गरे । ३९ बलको सामना गरेका डु प्लेसिसले तीन छक्का र तीन चौकाको मदतले ५४ रन बनाए । यस्तै विराट कोहली ४७, रजत पाटीदार ४१, क्यामरन ग्रिन ३८, ग्लेन म्याग्स्वेलले १६ रन बनाए ।
चेन्नईका लागि सार्दुल ठाकुरले दुई तथा मिचेल सेन्टनर र तुषार देशपाण्डेले एकरएक विकेट लिए ।
योसँगै आरसिबी यो सिजनको आईपीएलको प्लेअफमा पुग्ने अन्तिम टोली बनेको । यसअघि कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८