काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध भोलि बिहानसम्म अन्त्य हुने बताएका छन् ।
उनले अवरोध खुलाउन विभिन्न दलहरुसंग छलफलहरू गरिरहेको भन्दै भोलि बिहानसम्म एउटा टुंगोमा पुग्ने बताए ।
शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी जेठ १५ गते ल्याउन लागेको बजेट प्रभावित नहोस् भनेर आफ्नो सम्पूर्ण ध्यान सदन खुलाउनेतिर लागेको बताए ।
प्रचण्डले भने, ‘अहिले हामी समीकरणमा भएका प्रमुख दल मुख्यतः नेकपा एमालेसँग छलफल छ। मलाई त्यहाँ जान ढिलो भइसकेको छ। मलाई विश्वास छ भोलि बिहानसम्म एउटा टुंगोमा पुर्याउन सकियोस् भनेर लागेको छु ।
सत्ता पक्षका दलहरूसँग छलफल गर्नुपर्ने भन्दै उनले छोटो सम्बोधन गरेका हुन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८