• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता,अन्त्य होला संसदको गतिरोध?

  • खबरदाता

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता,अन्त्य होला संसदको गतिरोध?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको भेटमा सभामुख घिमिरेले संसद अवरुद्ध भइरहेको बारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै समस्याको समाधान निकाल्न आग्रह गरेका थिए ।

सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसमेत पारित हुन नपाएको उल्लेख गरेका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न मंगलबार साँझ ६ बोलाइएको बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।

 

  • प्रकाशित मिति : जेठ २, २०८१, बुधवार १०:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८