• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

ट्वान्टी–२० शृंखलाको तेस्रो खेल खेल्दै नेपाल र वेस्ट इन्डिज ‘ए’

  • खबरदाता

ट्वान्टी–२० शृंखलाको तेस्रो खेल खेल्दै नेपाल र वेस्ट इन्डिज ‘ए’

वैशाख १९, २०८१, बुधवार

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ ले घरेलु टिमसँग आज तेस्रो खेल खेल्दै छ ।

यसअघिका दुई खेलमध्ये दुवै टिमले समान एक खेलको नतिजा आफ्नो पक्षमा राखेको हुँदा शृंखला १–१ को बराबरीमा छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १२ः१५ देखि सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा घरेलु टिमविरुद्ध १० रनको जित निकाल्दै वेस्ट इन्डिज ‘ए’ले शृंखला १–१ को बराबरीमा ल्याएको थियो ।

पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ रोस्टन चेजको कप्तानीमा छ । ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि आयोजित शृंखलाको चौथो खेल बिहीबार र पाँचौ खेल शनिबार हुनेछ ।

 

  • प्रकाशित मिति : वैशाख १९, २०८१, बुधवार ०६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८