• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

भरतपुर र पोखरामा वायु प्रदूषण उच्च, काठमाडौंमा ‘अस्वस्थकर’

  • खबरदाता

भरतपुर र पोखरामा वायु प्रदूषण उच्च, काठमाडौंमा ‘अस्वस्थकर’

वैशाख १८, २०८१, मंगलवार

 

चितवन । चितवनको भरतपुर र कास्कीको पोखरामा वायु प्रदूषण मंगलबार पनि उच्च छ । वातावरण विभागको रेकर्डमा मंगलबार बिहान ११ः३० बजे पोखरा देशकै सबैभन्दा वायु प्रदूषित सहर देखिएको छ ।

यो अवधिमा पोखराको एयर क्वालिटी इन्डेक्स एक्यूआई १९२ पुगेको छ । भरतपुरको एक्यूआई १७९ र काठमाडौंको शंखपार्कको १६२ देखिएको छ ।

भरतपुरको सोमबार २४ घण्टाको औसत एक्यूआई २४९ थियो । सोही अवधिमा पोखराको एक्यूआई १५७ थियो । काठमाडौंको सोमबार २४ घण्टाको एक्यूआई १५७ थियो ।

विभागले मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको रेकर्डमा भरतपुरको एक्यूआई १९८, पोखराको १६९ र काठमाडौंको १८९ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।

 

  • प्रकाशित मिति : वैशाख १८, २०८१, मंगलवार १२:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८