वैशाख १५, २०८१, शनिवार
विराटनगर । इलाम २ मा उपनिर्वाचन अनुसार मतदान सुरु भएको छ । उपनिर्वाचनका प्रमुख निर्वाचन अधिकृत देवीचरण फुयाँलले मतदान सुरु भएको जानकारी दिए ।
“बिहान ७ बजेदेखि नै मतदान सुरु भएको म्यासेज आइरहेको छु, उनले भने, “अहिलेसम्म सहज वातावरण छ ।” इलाम-२ को उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८