[ फाेटाे : Pdfn] vf]6fªsf] cWoIfdf ljhoL b]jlaqmd /fO{ vf]6fª, #) r}t M g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ vf]6fªsf] cf7f}F lhNnf clwj]zgaf6 cWoIfdf lgjf{lrt ePkl5 ;Daf]wg ug'{x'Fb} b]jlaqmd /fO{ . lbQm]nl:yt vf]6fª ax'p2]ZoLo se8{xndf z'qmaf/ ;fFem ;DkGg clwj]zgdf cWoIfsf csf{ k|Tof;L lgjt{dfg cWoIf /fdk|;fb b+ufnnfO{ !%@ dtn] kl5 kfb}{ lgjt{dfg pkfWoIf /fO{ cWoIfdf ljhoL x'g'ePsf] xf] . t:jL/ M s]bf/du/÷/f;; ]
वैशाख १, २०८१, शनिवार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई अध्यक्ष चयन गरेको हो ।
अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले जानकारी दिए ।
दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका(१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका थिए ।
पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भएका छन् । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भएका छन् । समावेशी उपसचिवमा कविता राई विजयी बनेकी छन् । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिएका छन् ।
यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी बनेका छन् । दलित कोटामा चार जनाको प्रतिस्पर्धा भएको थियो । दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भइन् । उक्त कोटामा तीन जनाको प्रतिस्पर्धा भएको थियो ।
खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी बनेका छन् । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भए । पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८