चैत २९, २०८०, बिहीवार
बाघको आक्रमणबाट चितवनको माडीमा दुइजना घाइते भएका छन।
घाइते हुनेमा माडी सेरुवा -१ बस्ने बर्ष ५६ का सुर्य महतो र सोही स्थान बस्ने बर्ष ५० का तेज बहादुर पौडेल क्षेत्री रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहिवार दिउँसो ३ बजे माडीको रिऊ खोलाको पुल नजिकै घाँसे मैदानमा भैसी चराउने क्रममा महतो र पौडेललाई बाघले आक्रमण गरेको हो।
घाइते महतोको टाउको, निधार र हातमा चोट लागेको छ भने पौडेलको ढाडको १ वटा करङ भाचिएको र हातमा ददारेको अवस्थामा भरतपुर स्थिति सरकारी अस्पतालमा उपचार भइरहेको छ।
साथै घटनास्थलमा एउटा भैसि पनि बाघले मारेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८