• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

आईसीसी यू–१९ विश्वकप : भारतको सामना गर्दै नेपाल

  • खबरदाता

आईसीसी यू–१९ विश्वकप : भारतको सामना गर्दै नेपाल

माघ- १९, २०८०

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आज नेपाल भारतविरुद्ध खेल्नेछ । नेपाल र भारतबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

भारत विश्वकपमा अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ ।

यसअघिको खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

नेपाल समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तानविरुद्ध खेलमा भने नेपाल एक विकेटको जित निकालेको थियो ।

  • प्रकाशित मिति : माघ १९, २०८०, शुक्रवार ०८:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८