माघ १७, २०८०
राजस्व छली गरेको आरोपमा जनकपुरधामको चारजना सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बलराम ज्वेर्लसका सञ्चालक बलराम साह, अरूण ज्वेलर्सका सञ्चालक अरूण साह र मिर्चैयाका व्यवसायीहरू गरी चारजनालाई पक्राउ गरेको ।
चारैजनालाई राजस्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरूलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ ।
यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि अरू व्यवसायीहरू पसल बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।
कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पुर्याएको भन्दै उनीहरू विरोधमा उत्रिएका छन्।
सानो विषयलाई लिएर आपराधिक शैलीमा व्यवासायीलाई पक्राउ गरिएको व्यवसायीहरूको आरोप छ । – न्युज एजेन्सी नेपाल
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८