• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

क्रिप्टोको कारोबार गर्ने दुई जनाविरुद्ध ४२ करोड बिगो माग दाबीसहित मुद्दा दायर

  • खबरदाता

क्रिप्टोको कारोबार गर्ने दुई जनाविरुद्ध ४२ करोड बिगो माग दाबीसहित मुद्दा दायर

माघ- ११, २०८०

 

काठमाडौं । राजस्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीुको कारोबार गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आज विभागले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी यूएसडीटी कोइन)को कारोबार गरेको अभियोगमा झापाका शुभम कुमार यादव र रोहन चौधरीविरुद्ध १४ करोड बिगोको तीन गुणा (४२ करोड रुपैयाँ) सम्मको माग दाबी गरेर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

करिब पाँच महिनाको सुक्ष्म अनुसन्धानपछि उनीहरूविरुद्ध अभियोग दायर गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

विभागको अनुसन्धानबाट शुभमले ‘बनान्स एप’को प्रयोग गरी गरी क्रिप्टोको कारोबार गरेको खुलेको छ । उनले कारोबारको रकम राख्न तथा झिक्ने प्रयोजनका लागि उनकै साथी रोहनको खाता प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूमाथि विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ बमोजिमको सजाय माग दाबी गरी अभियोग दायर गरिएको महानिर्देशक ढुंगानाले बताए ।

विभागले अधिकतम तीन वर्षको जेल सजायसहित पनि माग गरेको छ ।

  • प्रकाशित मिति : माघ ११, २०८०, बिहीवार २०:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८