• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

रवि लामिछानेविरुद्ध राज्यव्यवस्था समितिमै उजुरी

  • खबरदाता

रवि लामिछानेविरुद्ध राज्यव्यवस्था समितिमै उजुरी

माघ- ९, २०८०

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्ध उजुरी दिइएको छ । लामिछाने सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमै उजुरी दिइएको हो ।

सांसद लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफल दिएको उजुरी मंगलबार समितिमा दर्ता गरिएको छ । उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक समाचारलाई आधार मानेर उनले उजुरी दर्ता गराएका हुन् ।

सोही उजुरी सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि दर्ता गराएका छन् ।

  • प्रकाशित मिति : माघ ९, २०८०, मंगलवार १५:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८