• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम

  • खबरदाता

काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम

पुस -२०, २०८०

 

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

“आज यो वर्ष हालसम्मकै कम तापक्रम छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको छ,” मौसमविद् प्रतिभा मानन्धरले  भनिन्, “यद्यपि, यो भन्दा न्यून तापक्रम हुने सम्भावना पनि हुन्छ । जनवरी वर्षकै चिसो महिना हुने भएकाले तापक्रम यो भन्दा घट्ने सम्भावना पनि छ ।”

दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

हिजो काठमाडौंको तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

  • प्रकाशित मिति : पुस २०, २०८०, शुक्रवार ०६:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८