• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो: ज्ञानेन्द्र शाह

  • खबरदाता

मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो: ज्ञानेन्द्र शाह

पुस – १८, २०८०

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएका छन्।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसंगको भेटमा पूर्वराजा शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएको हुन्।

भेटपछि नेता रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौरबुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्।’

पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू अध्यक्ष राजेन्द्र लिंदेन,बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंहलाई ज्ञानेन्द्रले बुधबार भैरहवा बोलाएर भेटघाट गरेका थिए।

  • प्रकाशित मिति : पुस १८, २०८०, बुधवार १५:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८